सुके गोपालधारा मालीधुरावासी हिल तृणमूलमा सामेल

सुकेपोखरी: सुके पोखरी खण्डको गोपालधारा मालिधुराका धेरै परिवारले आज अन्य पार्टी त्यागेर हिल तृणमूल काङ्ग्रेसमा सामेल भए। गत 3 अक्टोबरको दिन गोपालधारा निवासी राजेश राई अनि बीरेन्द्र गुरुङले सौरिनीमा भएको हिल तृणमूल काङ्ग्रेसको कार्यक्रममा प्रजातान्त्रिक मोर्चा त्यागेर हिल तृणमूलमा समर्थन जनाएपछि तिनीहरुकै मार्गदर्शनमा गोपालधारा मालीधुराका 90 प्रतिशत परिवारले तृणमूल काङ्ग्रेसलाई समर्थन जनाएको बताइएको छ। उक्त समर्थन कार्यक्रम राजेश राईको अध्यक्षतामा सम्पन्न भयो भने कार्यक्रममा पार्टीका सुके ब्लक कमिटी अध्यक्ष एसके राई, मिरिक खण्ड सभापति अनिल छेत्री, मिरिक महकुमा ट्रेड युनियन सहसचिव जैरम राई, ब्लक कमिटी उपसभापति निलुल छेत्री, मिरिक वार्ड कमिश्नर संजीप लोप्चन आदिको उपस्थिति रहेको थियो। आजदेखि मालिधुरामा हिल तृणमूल वाहेक अन्य पार्टी नरहेको अध्यक्ष एसके राईले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *