सुके मानेभञ्ज्याङका दुई युवक होम क्वारेन्टाइन मुक्त

सुकेपोखरी : सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत पर्ने राङभाङ मुखिया गाउँ निवासी रमेश मुखिया र रतन मुखियाले 14 दिनको होम क्वरेन्टाइन पुरा गरेका छन्। समष्टि सभापति बुद्ध तामाङ अनि समष्टि हेल्प डेस्कका सिवानी तामाङले जानकारी दिएअनुसार लकडाउनको कारण कुचबिहारमा फँसेका यी दुईजना युवक गत 28 मईको दिन जीटीए-को सहयोगमा आफ्नो गाउँ फर्किआएका थिए। यसपछि यी दुई युवकलाई घरमा कोराइनटाइन बस्ने प्रबन्ध नमिल्दा मुखिया गाउँ सिर्जनशील युवा सङघ, स्थानीय मोहन मुखिया तथा उदय मुखियाको विशेष पहलमा समाज भवनको एउटा कोठामा बस्ने व्यवस्था मिलाइएको थियो। आज यी दुई युवकको होम क्वारेन्टाइन समाप्त भएकोबारे स्थानीय राङभाङ स्वस्थ्य केन्द्रका एएनएमले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *