सुकेपोखरी क्षेत्रमा अनलकलाई कठोरसँग पालन गर्ने निर्णय

सुकेपोखरी: सुकेपोखरी व्यापारी सङ्गठनको पदाधिकारी एवं सदस्यगणको उपस्थितिमा यस क्षेत्रका 11 वटा समाजका प्रतिनिधिलाई लिएर आयोजना गरिएको सभामा अनलकलाई कठोरतापूर्वक पालन गर्ने निर्णय लिएको छ । बजार एवं वरपरका दोकानहरू बिहान 7 बजीदेखि दिउँसो 1 बजीसम्म खोलिने साथै दोकानदारले यस नियम पालन नगरे सङ्गठनद्वारा कड़ा कार्वाही गर्ने निर्णय लिएको छ। सबै व्यापारीले आफ्नो दोकानमा सामजिक दुरी पालन गर्न पर्नेछ भने मास्क, पञ्जा र सेनिटाइजर अनिवार्य रूपले प्रयोग गर्न पर्ने बताइएको छ। सुकेपोखरी बजारमा प्रत्येक शुक्रवार लाग्ने हाट कोविड -19 को महामारीको कारण अहिले लागेको छैन। सोनादा, रगंबूल, घूम, पोख्रेबोङ, मानेभञ्ज्याङ आदि क्षेत्रका व्यवसायीहरूलाई वर्तमान स्थितिलाई केन्द्र गरेर अझ केही समयसम्म ब्यापारको निम्ति सुकेपोखरी बजारमा नआइदिने अपील गरिएको ब्यापारी सङ्गठन सचिव नीमा ठेण्डुप भोटियाले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *