सुकेपोखरीको नागरीफार्ममा सभा सम्पन्न

सुकेपोखरी : पुलिस आउट पोस्ट नागरी फार्मको तत्वावधानमा चउर गाउँ एवम् मोक्तान गाउँ समाजका प्रतिनिधिलाई लिएर आज एउटा सभा सम्पन्न गरियो। ओपी इन्चार्ज एएसआई दिपेन जोशीले कोभिड 19को संक्रमणबीच मानिसहरू आफै सतर्क रहनु पर्नेबारे जोर दिँदै सरकारले निर्धारण गरेको नियमावली सबैले पालन गर्ने अपील गरे। यसको साथै चउर गाउँका चारजना मानिस बाहिरबाट सकुशल घर फर्कि आएपछि तिनीहरूलाई सेल्फ क्वारेन्टाइनमा राखिएकोबारे तिनलले पुलिस प्रशासन अनि स्वास्थ्य विभागलाई जानकारी गराइएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *