सुकिया मानेभञ्ज्याङ टीएमसी-का 14 जना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ : सुकिया मानेभञ्ज्याङ समष्टिबाट उर्गेन तामाङ, आदेन शेर्पा, अतेन्द्र सुब्बा, रमेश शेर्पा अनि सञ्जीव शेर्पाको नेतृत्वमा 14 जनाले तृणमूल काङ्ग्रेसलाई त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज सामेल हुनेहरूमा तृणमूल काङ्ग्रेसका शीर्ष नेतृत्वहरु समष्टिका अध्यक्ष, सचिव तथा संयोजक आदि पनि सामेल छन्। दार्जिलिङको जज बजारस्थित केन्द्रिय कार्यालयमा आज पार्टी अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाको हातबाट झण्डा ग्रहण गरेर 14 जना तृणमूल कार्यकर्ताहरु पार्टीमा सामेल भए। यस अवसरमा पार्टी अध्यक्ष अनित थापाले भने, पार्टीमा समर्थकहरू घटेर गएको छैन तर झन बढेर गएको छ।


यो समय पार्टीलाई समर्थन गर्नेहरु अनित थापाले के दिन्छन् भनेर आएका होइनन् तर पहाडलाई समृद्ध बनाउन, पहाडलाई शान्तिमा राख्न कसरी सहयोग गर्न सक्छु भन्ने मानसिकता लिएर आएका हुन्। तिनले सामेल हुनेहरुलाई पार्टीमा स्वागत गर्दै भने, हामीले अलग अलग भएर होइन तर एकजूट भएर काम गर्दै पहाडलाई सही दिशा तर्फ लैजानु पर्छ। तपाईहरुको प्रेवशले पार्टी झन दह्रिलो भएर जानेछ। अर्कोतिर, पार्टीमा सामेल भएपछि उर्गेन तामाङले भने, तृणमूल शीर्ष नेतृत्वहरुले हामी जमीनमा काम गर्ने कार्यकर्ताहरूको कुरालाई अनदेखा गर्दा हामीले स्थानीय स्तरमा काम गर्न असक्षम बन्यौं। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा हामी पूर्ण होशमा नै सामेल भएका हौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *