सुकना महानन्दा अभ्यारण्यमा आजदेखि जङ्गल सफारी शुरू

सिलगढी : सिलगढी संलग्न सुकना महानन्दा अभ्यारण्यमा पनि जलदापाड़ा र गोरुमारा झैँ एउटा नयाँ जङ्गल सफारी आजदेखि शुरू भएको छ। उक्त नयाँ सफारीको आज विधिवत् उद्घाटन गरियो। यस अवसरमा राज्यका मुख्य वन अधिकारी बिनोद कुमार यादव, उत्तर बंगालका मुख्य वन अधिकारी राजेन्द्र जाखड़, पद्मजा नायडु चिड़ियाघरका निर्देशक धरमदेव राय लगायत अन्य वन अधिकारीहरू उपस्थित थिए। उक्त जङ्गल सफारी गर्दा घुम्न जाने मानिसहरूले यहाँको हरियाली वन जङ्गलसहित जङ्गली जनावरहरू, विभिन्न प्रजातिका पशु-पक्षीहरू नजिकबाट देख्न पाउनेछन्। यसको लागि घुम्न आउने पर्यटकहरूले सुकना वन कार्यालय अथवा अनलाइन मार्फत् प्रति व्यक्ति 3 सय रुपियाँ मूल्यमा टिकट लिनुपर्नेछ। वन विभागले उक्त सफारीमा पर्यटकहरूको लागि एउटा बस परिसेवा उपलब्ध गराइएको छ। उक्त बसमा 28 जना मानिसहरू बस्ने व्यवस्था भए तापनि हाल कोरोना महामारीले गर्दा एकपल्टमा केवल 20 जना पर्यटकहरूले मात्र सफारीको आनन्द उठाउन सक्ने बताइएको छ। बिहान 6 बजीदेखि 8 बजीसम्म अनि अपरान्ह 3 बजीदेखि साँझ 4 बजीसम्म उक्त बसको माध्यमद्वारा पर्यटकहरूले सफारीको आनन्द लिनसक्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *