सुकुनामा रक्तदान शिविर हुने

सिलगढी: रक्तदान नै महादान हो साथै एक युनिट ब्लडले कसैको अमुल्य ज्यान बाँच्न सक्छ भन्ने कुरोलाई ध्यानमा राखेर आगामी 24 सेप्टेम्बर (शनिबार)को दिन गोर्खा च्यारिटेबल हस्पिटल, हिमालयन वेल्फेयर अर्गनाइजेसन, कञ्चनजङ्गा फुटबल क्लब सिलगढी तथा सुकुना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसन-को संयुक्त तत्वावधानमा सुकुनास्थित गेम्स एण्ड स्पोर्टस एसोसिएसन भवनमा रक्तदान शिविरको आयोजना गरिएको छ। गोर्खा च्यारिटेबल हस्पिटल तथा हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधानले यसबारे जानकारी दिएका छन्। उक्त दिन बिहान 10 बजीदेखि अपरान्ह 1.30 बजेसम्म इच्छुक रक्तदान दाताहरूलाई उपस्थित भइदिने तिनले अपिल गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.