सुकना एनएच 55-मा वाहन र बाइक ठोक्किँदा 2 जना युवकको मृत्यु

सिलगढी सुकना थाना अन्तर्गत एनएच 55-मा आज दिउँसो एउटा वाहन र बाइक आपस्तमा ठोक्किँदा 2 जना युवकको घटनास्थलमै मृत्यु भएको छ। मृतक युवकहरू बाघडुग्रा निवासी प्रशान्त विश्वकर्मा र अमन राय सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो सुकनादेखि खरसाङतर्फबाट एउटा वाहन गइरहेको समय विपरीत दिसाबाट आइरहेको एउटा बाइकसित आपस्तमा ठोक्किँदा बाइकमा सवार 2 जना युवकको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनालाई केन्द्र गरेर केही समयको लागि एनएच 55-मा आवज-जावत बन्द भएको थियो। घटनाको खबर पाएर सुकना थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *