सुकना-पानीघट्टा सभासद परेश तिर्कीले शुरू गरे आफ्नो कार्य

सिमलबारी: सुकना-पानीघट्टा समष्टिका नव निर्वाचित सभासद परेश तिर्कीले क्षेत्रका विविध समस्याहरूलाई लिएर आफ्नो कार्यलाई तीव्र गति दिन थालेका छन्। यसै क्रममा, आज सोमवार सभासद् तिर्कीले सिमलबारी चियाबारी प्राथमिक पाठशालाको भ्रमण गर्दै त्यहाँको बुनियाँदी समस्याहरूबारे जानकारी लिए। यस अवसरमा तिनले सिमलबारी प्राथमिकी पाठशालाका प्रधान अध्यापिका अनि शिक्षकहरूसित भेट गरेर एउटा बैठक पनि गरे।


अर्कोतिर, खरसाङमा हरिजन समाजका सदस्यहरूसित आज बैठक गर्नको साथै सभासद् तिर्कीले हरिजन समुदायको मानिसहरूका समस्याहरू साथै तिनीहरूको अवस्थाबारे पनि जानकारी लिए। आफूले सुकना-पानीघट्टा समष्टिका सबै समुदायलाई लिएर कार्य गर्दै जाने सभासद तिर्कीले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *