सुनगाभा फुल उत्पादक संस्थाको नागरी फार्ममा सभा

सुकेपोखरी : सुनगाभा फुल उत्पादक संस्था नागरी फार्म, मगरजोङ, धजे तथा एभनग्रोभ क्षेत्रलाई लिएर एउटा सभा नागरी फार्म यङ्कर्स एकाडेमी स्कुलमा आज सम्पन्न भयो। अवकाश राईको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक सचिव शिशिर राईको निधनले रिक्त रहेको पदमा अमृत राईलाई चयन गरियो। यसैगरी, रिक्त रहेको कतिपय पदमा मणिका लामा र अनमोल तामाङलाई सहसचिव, विक्रम थापालाई उपाध्यक्ष, सजन शर्मालाई प्रवक्ता, सचिव घिसिङलाई लेखा परीक्षक, थोमस लेप्चा, डानियल राई, मिलन प्रधान, पीबी थापा, टीएम राई आदिलाई सल्लाहकारको रूपमा चयन गरियो। सभाले आगामी फरवरी महिनामा नागरी फार्म उच्चतर माध्यमिक भवनमा सिम्बेडियम सुनाखरी लगायतका विभिन्न फूललाई लिएर फुल मेला आयोजना गर्ने निर्णय लिइयो। यसका साथै आजको सभामा सांगठनिक विविध विषयमा पनि चर्चा परिचर्चा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *