सुनिता गजमेरको म्युजिकल भीडियो ‘हाँसी राखौँ नाँची राखौँ’-को लोकार्पण

खरसाङ: खरसाङको एउटा स्थानीय च्यानलमा गायिका सुनिता गजमेरको म्युजिकल भिडियो हाँसी राखौँ नाँची राखौँ’-को लोकार्पण गरियो। बालकृष्ण थामीद्वारा सञ्चालन गरिएको यस विमोचन कार्यक्रममा खरसाङ भेकका साङ्गीतिक हस्तीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा विशेष रूपले खरसाङका गीतिगुञ्ज सङ्गीत महाविद्यालयका प्राचार्य गोविन्दसिंह घतानी, लोकगीतको क्षेत्रमा आफ्नो विशेष योगदान पुर्‍याइरहेका सङ्गीतकार मानसिंह मोक्तान, लब्ध प्रतिष्ठित सङ्गीतकार राजु सुन्दास, सङ्गीतकार उपेन प्रधान, खरसाङ क्षेत्रका नृत्यका प्रतिष्ठित गुरूजी अशोक थापा, आकाशवाणी खरसाङका सिनियर उदघोषक एवम् गीतकार उमेश कार्कीडोली साथै उक्त म्युजिकल भिडियोका सङ्गीत संयोजक महेश्वर लामा आदि उपस्थित थिए। म्युजिकल भिडियो हाँसी राखौँ नाँची राखौँ’-को शब्द, सङ्गीत र गायन  सुनिता गजमेरको रहेको छ अनि सङ्गीत संयोजन महेश्वर लामाको रहेको छ। यस म्युजिकल भिडियोको नृत्यमा अंश ग्रहण गर्ने कलाकारहरू सबै अशोक गुरूजीका विद्यार्थीहरू रहेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *