सुनको गर-गहना बनाउने नाममा ठगी गर्ने व्यक्ति पक्राउ

सिलगढी : सुनको गर-गहना बनाउने नाममा ठगी गरेको आरोपमा प्रधान नगर थाना र डीडी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले संयुक्त अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सिलगढीको वार्ड नम्बर 47 को पत्ती कोलनी इलाका निवासी दीपक साहाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीमा किस्तीमा सुनको गर गहना बनाउने एउटा ज्वेलर्सको नाममा मालबजार निवासी मयुरी साहलाई ठगेको बारेमा तिनले प्रधान नगर थानामा अभियोग दर्ता गरेकी थिइन्। महिलाको आरोप अनुसार उक्त ज्वेलर्सको सिलगढी शाखामा किस्तीमा सुनको गर-गहना बनाउनको लागि तिनले प्रत्येक महिना रुपियाँ जम्मा गर्ने गर्दथिन्। तर किस्ती पुरा भए तापनि तिनले सुनको गहना नपाएपछि यसबारे थानामा अभियोग दर्ता गरिन्। अभियोगको आधारमा प्रधान नगर थाना र डीडीको टोलीले संयुक्त अभियान चलाएर गत राति सिलगढीबाट दीपक साहालाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.