सुन्तलाको बिक्री बजार कोरोनाले सबैभन्दा ज्यादा प्रभावित

खरसाङ : यसपाली कोरोनाको प्रभावले गर्दा सुन्तलाको बिक्री र बजार भाउमा पनि निक्कै असर देखिएको छ । कोरोनाकालको कारणले गर्दा यसपाली अन्य विभिन्न क्षेत्रहरूमा जस्तै सुन्तलाको मार्केट पनि डाउन भएको र लक डाउनको कारणले सुन्तलाको बिक्री र बजारलाई निक्कै प्रभावित बनाएको छ। खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूमा सुन्तलाको खेती गरिन्छ तर यसपाली खरसाङ बजारमा सुन्तलाको बजार तेति फस्टेनन् अर्थात बिक्री बट्टा कम रहेको जानकारी प्राप्त भएको छ। खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीमा अहिले सबैभन्दा अधिक सुन्तलाको खेती गर्ने गरिन्छ। यहाँ महकुमाभरिकै स्वादिष्ट सुन्तला पाइने बिक्रेताहरू र सुन्तलासित सम्बन्धित व्यापारीहरू बताउँछन् । तर यसपाली सुन्तलाको फलाई गत वर्षको तुलनामा कम रहेको र यसपाली बजार भाउ पनि कम रहेको व्यापारीहरू बताउँछन् ।


यसपाली सुन्तलाको मार्केट कोरोनाको कारणले सबैभन्दा ज्यादा प्रभावित बनेको पनि पैकारीहरूले बताएका छन्। सिविटार क्षेत्रमा फलेको सुन्तला घर घरबाट नै उठाएर सिलगढी र खरसाङ बिक्री गर्न लैजाने व्यापारीहरूले यसपाली सुन्तलाको बजार कोरोनाले निक्कै प्रभावित बनाएको बताएका छन्। सिविटार क्षेत्रका सुन्तला पैकारीहरूमध्ये स्थानीय धिराज छेत्रीले पत्रकारहरूसित बोल्दै यसपाली कोरोनाको कारणले सुन्तलाको बिक्री कम रहेको बताएका छन्। तिनले गत वर्षतिर खरसाङमा 6-7 भारी सुन्तला लाँदा बिक्री भएर पुन: भोलिपल्ट पनि माग हुन्थ्यो तर यसपाली खरसाङ क्षेत्रतिर स्कूलहरू बन्द छन् र एकपल्ट 6-7 भारी सुन्तला लगेपछि 4-5 दिनको लागि बन्द गर्नुपर्छ कारण यसपाली बिक्री कम छ भनी बताएका छन्। तिनले सिलगढीमा पनि सुन्तलाको मार्केट डाउन रहेको र सिलगढीमा कोलकोताबाट भर्खर मात्र व्यापारीहरू आउन थालेको तर गत वर्षहरू झैं यसपाली बाहिरबाट सुन्तला व्यापारीहरू नआएकोले सुन्तलाको बिक्री कम रहेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *