सुन्तलाको उत्पादन यस वर्ष सन्तोजनक रहेन मिरिकमा

मिरिक : मिरिकलाई दार्जिलिङ पहाडमा राम्रो सुन्तला उत्पादन हुने ठाउँको रूपमा चिनिन्छ। तर यस वर्ष मिरिकमा रसिलो अनि स्वादिष्ट सुन्तला उत्पादन नभएको साथै फसल सन्तोषजनक ढङ्गमा उत्पादन हुन नसकेको मिरिक बस्तीको डुपटिन निवासी कृषक दिपा सुब्बाले बताउँछिन्। तिनले  बताएअनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा कमी आउनको साथै सोचे अनुसार स्वादिष्ट छैन। यसैले मिरिक बस्तीमा उत्पादन भएको सुन्तला यस वर्ष स्थानीय बजारमा नै बिक्री भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *