सुन तस्करी गरेको आरोपमा एकजना पक्राउ, मलद्वारबाट सुनको चारवटा बिस्कुट उद्धार

सिलगढी : डीआरआईले सुन तस्करी गरेको आरोपमा हिजो राति डिब्रुगढ़-दिल्ली राजधानी एक्सप्रेस ट्रेनबाट एकजना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी एसीजेएम अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मणिपुर निवासी खुन्डोङ्गबाम रणबीर मेइतेईको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार पक्रा परेका व्यक्तिले मलद्वारमा सुनको चारवटा बिस्कुट लुकाएर तस्करी गर्ने योजना रहे तापनि यसभन्दा अगावै डीआरआईले तिनलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको सुनको बिस्कुटको ओजन 870 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 43 लाख 6 हजार 210 रुपियाँ रहेको छ। यस सम्बन्धमा डीआरआई पक्षका वकील रतन बनिकले भने, गोप्य सूचनाको आधारमा केन्द्र राजस्व खुफिया विभागले गत राति एनजेपी रेलवे स्टेशनमा रोकेर राखेको डिब्रुगढ़-दिल्ली राजधानी एक्स्प्रेस ट्रेनमा अभियान चलाएर संदिग्ध एकजना व्यक्तिलाई पक्राउ गर्यो। पक्रा परेका तस्करले मलद्वारमा सुनको चारवटा बिस्कुट लुकाएर राखेको थियो। उक्त सुनको बिस्कुट म्यानमार बर्डरबाट असम ल्याइपुराएपछि फेरि डिब्रुगढ़-दिल्ली राजधानी ट्रेनमार्फत् उक्त बिस्कुट दिल्ली तस्करी गर्ने योजना रहेको तिनले बताए। तथापि, अदालतले पक्रा परेका तस्करलाई जमानतमा रिहा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *