सुन तस्करीको व्यवसाय गर्ने मुख्य नाइके पक्राउ

सिलगढी : डीआरआईले सुन तस्करीको व्यवसाय गर्ने मुख्य नाइके बालाजी आबासो पाटील (34)-लाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, गत 29 दिसम्बरमा डीआरआईले सिलगढीको हिलकार्ट रोडस्थित एउटा गोदामबाट मोठ 7 किलो 273 ग्राम सुन उद्धार गरेको थियो। उद्धार गरेको सुनको अनुमानित बजार मूल्य 3 करोड़ 50 लाख 32 हजार 586 रुपियाँ आँकेको थियो। यसबाहेक डीआरआईले नगद 1 एक करोड़ 1 लाख 38 हजार 300 रुपियाँ, 7 वटा मोबाइल फोन पनि जफत गर्नको साथै 4 जना व्यक्तिलाई पक्राउ गरेको थियो। पक्रा परेका आरोपीहरूसित सोधखोज गर्दा मुख्य नाइके बालाजी आबासो पाटीलको नाम अघि आएपछि आरोपीले सुइँकुच्चा ठोकेको थियो। यसपछि डीआरआईले कानुनी कार्वाही गर्दै बालाजीलाई सोधखोज गर्नको लागि समन पठाएपछि बालाजी डीआरआई कार्यालयमा पुगे। बालाजीसित सोधखोज गरेपछि डीआरआईले तिनलाई पक्राउ गरे। पक्रा परेका मुख्य नाइके बालाजीलाई आज अदालतमा पेश गरेपछि 10 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *