सुपारी किलर अभिषेक दर्जीलाई अदालतमा पेश गर्न लैजाने क्रममा आक्रोशित मानिसहरूले गरे आक्रमण गर्ने प्रयास

सिलगढी, 18 नोभेम्बर: सिलगढीको भक्तिनगर थाना पुलिसले कठोर सुरक्षा व्यवस्थाबीच सुपारी किलर अभिषेक दर्जीलाई आज जलपाईगढी अदालतमा पेश गऱ्यो। स्मरण रहोस, पुष्पा छेत्रीको हत्या आरोपी अभिषेक दर्जीलाई चेन्नईबाट पक्राउ गरेर हिजो आइतबार सिलगढी ल्याइपुऱ्याएको थियो भने आज आरोपीलाई अदालतमा पेश गरियो। तर यसै क्रममा पुष्पाका परिवारका सदस्यहरू लगायत अन्य केही व्यक्तिहरूले सुपारी किलर अभिषेक दर्जीप्रति रिस पोख्दै उनलाई आक्रमण गर्न प्रयास गरे। यद्यपि, पुलिसले तिनीहरूलाई समझाए पछि कठोर सुरक्षाको साथ आरोपीलाई पुलिस भ्यानमा हालेर अदालतमा लगे।
स्मरण रहोस, सिलगढी नगर निगमको 43 नम्बर वार्ड अन्तर्गत लोअर भानु नगर इलाकामा भाडामा बस्दै आइरहेकी बाग्राकोट निवासी 25 वर्षीय पुष्पा छेत्रीको हत्या योजनाबद्ध तरिकाले गरिएको थियो। पंजाबमा अर्धसैनिक बलमा कार्यरत अरूण पौडेलले तिनका पत्नी प्रतीका पौडेलसँग मिलेर 1 लाख रूपियाँमा किरायको हत्यारा (सुपारी किलर) मार्फत पुष्पाको हत्या गराएको आरोप रहेको छ।
यस घटनाको पर्दाफाश गर्दै सिलगढी भक्तिनगर थाना पुलिसले प्रतीका पौडेल लगायत सुपारी किलर रूस्तम विश्वकर्मालाई पनि पक्राउ गरेको छ। त्यसपछि दोस्रो सुपारी किलर अभिषेक दर्जीलाई पनि चेन्नाईबाट पक्राउ गरेर आज अदालतमा पेश गरियो। यस मामिलामा अहिलेसम्म तीन जना व्यक्तिलाई पक्राउ गरिसकेको छ। उक्त घटनालाई लिएर हाल पुलिसले अझ विस्तृत छानबिन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes