सुपारीको रुख काट्ने विषयलाई लिएर विवाद हुँदा भतिजाद्वारा काकाको हत्या

कुचबिहार : सुपारीको रुख काट्ने विषयलाई लिएर विवाद हुँदा भतिजाद्वारा काकाको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना कुचबिहारको शीतलकुची ब्लकको गोसाईरहाट ग्राम पञ्चायत इलाकामा घटेको हो। मृतक काखा आवेद अली मियाँको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार घर पछिल्तिर रहेको सुपारीको रुख काट्ने विषयलाई लिएर काका आवेद अली मियाँ र भतिजा सिराजुल मियाँबीच विवाद हुँदा भतिजाले बञ्चरोले काकालाई प्रहार गरे। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई तत्कालै माथाभाङ्गा महकुमा अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर शीतलकुची थाना पुलिस घटनास्थलमा पुगेर भतिजालाई हिरासतमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *