सुपारी लादिएको वाहन चोरी गर्ने 2 पक्राउ

जलपाईगढी : जलपाईगढी कोतवाली थाना पुलिसले जलदापाडा जङ्गलमा सुपारी लादिएको वाहन चोरी गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले मिन्टु राय र अमर रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 27 फरवरीको दिन मदारीहाट इलाकाको जलदापाडा जङ्गलमा यी दुई व्यक्तिले वाहन चालकलाई कुटपीट गरेपछि तिनलाई मृत ठानेर सुपारी लादिएको वाहन लिएर चम्पट कसेका थिए। यसबारे थानामा अभियोग दर्ता गरेपछि पुलिसले हिजो राति गोप्य सूचनाको आधारमा अभियान चलाएर मालकानी इलाकाबाट वाहनसहित यी दुई व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *