सुपेन्द्र प्रधान तृणमूल कङ्ग्रेसमा सामेल

कालेबुङ: गोजमुमो युवा मोर्चा केन्द्रिय साङ्गठनिक सचिव तथा मिडिया प्रभारी सुपेन्द्र प्रधान पार्टीबाट राजीनामा दिएको 88 दिनपछि आज अल इण्डियन तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। पहाडका नेता बिमल गुरुङको भावना र अनित थापाको यथार्थ राजनीतिकबाट माथि उठेर व्यावहारिक राजनीति गर्नको लागि आफु तृणमूल कङ्ग्रेसमा सामेल भएको कुरा तिनले बताएका छन्। आज कालेबुङको पार्टी कार्यालयमा कालेबुङ जिल्ला अध्यक्ष तथा सांसद शान्ता छेत्री, विनय तामाङ लगायत अन्य स्थानीय नेताहरूको उपस्थितिमा तिनले तृणमूल पार्टीको झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *