सुरज छेत्रीको दर्शनीय ब्याकभलिले झापा नेपाल पराजित, दार्जिलिङ एफसी बन्यो विजय

मङपु : लाब्दा खेलखुद संघको आयोजनामा मङपु जनमैदानमा एनपी राईको अध्यक्षता सम्पन्न फुटबल खेलमा रोमाञ्चक म्याचको दोस्रो हाफको खेलमा सुरज छेत्रीले हिर्काएको दर्शनीय ब्याकभलिले झापा नेपाललाई पराजित गरेर दार्जिलिङ एफसी विजय  बन्यो। विजय दललाई समारोहका प्रमुख अतिथि सञ्जय सुब्बाको बाहुलीबाट परितोषिक एवम् नगद राशि 1 लाख रुपियाँ प्रदान  गरियो।


बुद्धकुमार मोक्तान अनि मुनाल घिसिङले सञ्चालन गरेको खेलकुद समारोहमा पराजय दल झापा एफसी नेपाललाई सभाअध्यक्ष एनपी राईको बाहुलीबाट पारितोषिक एवम् नगद राशि 50 हजार रुपियाँ प्रदान गरियो। आजको खेलको उत्कृष्ट खेलाडी दार्जिलिङ एफसी जर्सी नम्बर 9 सुरज छेत्रीलाई समारोहका विशिष्ट अतिथि नबिन मिश्रको बाहुलीबाट म्यान अफ् द म्याच ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *