सुरक्षित घर फर्कन सहयोग गरेकोमा क्यान्सर रोगीद्वारा गोजमुमो पार्टीप्रति आभार

बिजनबारी : लामो समयदेखि ब्लड क्यान्सर जस्तो घातक बिमारीको कारण टाटा मेमोरियल अस्पताल मुम्बईमा उपचार गरिरहेका बिजनबारीको लोअर सिरिसे निवासी विशाल सुब्बा कोभिड 19-को कारण लकडाउनमा फँसेका थिए। तिनलाई मुम्बईदेखि आफ्नो घरमा एम्बुलेन्स मार्फत् सुरक्षित ल्याउनमा सहयोग पुर्‍याएकोमा गोजमुमो उपाध्यक्ष सतीश पोख्रेल लगायत गोजमुमो पार्टी अध्यक्ष विनय तामाङप्रति आभार प्रकट गरेका छन्। स्मरण रहोस्, साधरण परिवारका ब्लड क्यान्सर पीडित विशालको उपाध्यक्ष पोख्रेलकै पहल तथा विभिन्न संघ संस्थाहरूको सहयोगमा मुम्बईको टाटा मेमोरियल अस्पतालमा उपचार चलिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *