सुरेन प्रधानलाई आईएसएल- ले सम्बर्द्धना जनाउने

सिलगढ़ी: कञ्चनजङ्घा फुटबल क्लबका कार्यकारी अध्यक्ष, सुकुना गोल्ड कप सन्चालन समितिका महासचिव, एसपीएल-को उपाध्यक्ष तथा क्लब कोर्डिनेसन कमिटीका महासचिव सिलगढ़ी सुकुना निवासी सुरेन प्रधानलाई आगामी 20 फरवरी 2020-को दिन नर्थ ईस्ट युनाईटेड बनाम हैदराबाद एफसीमाझ खेलिने आईएसएल टुर्नामेन्टको म्याच अवधि नेहरु स्टेडियम गुवाहाटीमा अपोलो टायर्स अनि आईएसएल- ले संयुक्त रूपमा सम्बर्द्धना जनाउने भएको छ। स्मरण रहोस, यसभन्दा अघि पनि बङ्लादेशको राजधानी ढाकामा भएको अन्तर्राष्ट्रीय फुटबल SAAF टुर्नामेन्ट अवधि बिगत 12 सेप्टेम्बर 2018-को दिन भारत र पाकिस्तान माझ खेलिएको सेमिफाइनल खेलमा तिनले फुटबल खेलप्रति पुऱ्याएको महत्वपूर्ण योगदानको कदर गर्दै निम्त्याएर सुरेन प्रधानलाई अन्तर्राष्ट्रीय सम्मान जनाइएको थियो। फुटबल खेलमा योगदान पुऱ्याएर यस प्रकारको राष्ट्रीय तथा अन्तर्राष्ट्रीय स्तरमा सम्मान पाउने तिनी पहिलो भारतीय गोर्खा हुन्। यसबारे कञ्चनजङ्घा फुटबल क्लब सिलगढ़ीका प्रमुख प्रशिक्षक दिनकर छेत्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *