सुरेन प्रधानलाई केएफसी-द्वारा सम्वर्द्धना

सिलगढ़ी: असमको गुवाहाटीस्थित नेहरु स्टेडियममा अपोलो टायर्स अनि आईएसएल-ले फुटबल प्रतिको योगदानलाई सम्मान जनाउँदै गत 21 फरवरीको दिन सिलगढ़ी सुकना निवासी सुरेन प्रधानलाई सम्वर्द्धना जनाएको थियो। यसैगरी तिनी आफ्नो कर्मथलोमा फर्किएर आएपछि केएफसीका कार्यकारी अध्यक्ष सुरेन प्रधानलाई कतिपय समाज, संघ-संस्थाहरुले बधाई अनि सम्बर्द्धना जनाउने कार्य भइरहेको छ। यसैबीच, सिलगढ़ो एक प्रतिष्ठित फुटबल क्लब केएफसीको तर्फबाट पनि सुकुनास्थित केएफसीको प्रशिक्षण मैदानमा एउटा कार्यक्रमको आयोजना गरेर आफ्नो कार्यकारी अध्यक्ष सुरेन प्रधानलाई सम्मान जनाएको छ। यस अवसरमा केएफसी अध्यक्ष गोपाल लामा, चिफ कोच दिनकर छेत्री, सदस्य हरि छेत्री ,रोल्याण्ड सुब्बा, टेक्निकल कमिटी मेम्बर कप्तान एसडी तामाङ, एचके लामा, अमर तामाङ, सुकना पूर्व सैनिक अर्ध सैनिक सङ्ठनका सचिव बीबी थापा लगायत केएफसीक-का खेलाडीहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *