सूर्य फाउन्डेसन बाघमारा बस्तीको आयोजनामा वृक्ष रोपण

खरसाङ: सूर्य फाउन्डेसन बाघमारा बस्तीको आयोजनामा आज वृक्षारोपण कार्य सम्पन्न गरियो। उक्त अवसरमा स्थानीय युवाले सक्रिय सहभागिता जनाएको थियो भने लगभग सयवटा विभिन्न प्रजातिको रुखका विरुवाहरू रोपियो। स्मरण रहोस्, सूर्य फाउन्डेसनद्वारा  महिनाव्यापी वृक्षारोपण महाअभियानमा भारतभरि लगभग पाँच लाख वृक्ष लगाउने लक्ष्य राखेको छ। यसै महाअभियान अनुसार बाघमारा बस्ती सूर्य फाउन्डेसनका प्रशिक्षक योगेन्द्र छेत्रीले वृक्ष रोपण कार्यको आयोजना गरेको जानकारी गराएका छन्। तिनले रुखको विरुवा उपलब्ध गराई यस अभियानलाई सफल बनाउन सहयोग पुर्‍याएकोमा खरसाङ क्षेत्रका विधायक  बीपी बजगाइँप्रति फाउन्डेसनको तर्फबाट धन्यवाद जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *