सूर्या फाउन्डेशन बाल संस्कार केन्द्रको परिभ्रमण गरे सांसद विष्टले

खोरीबारी : दार्जिलिङका भाजपा सांसद राजु विष्ट आज पानीट्याङ्की गन्डोगोलजोतस्थित सूर्या फाउन्डेशनको बाल संस्कार केन्द्रमा आइपुगे। सांसदले स्थानीय मानिसहरूलाई सम्बोधन गर्दै यस गाउँलाई आदर्श गाउँ बनाइने, जसको लागि स्थानीय मानिसहरूको भागीदारीको आवश्यकता रहेको तिनले बताए। तिनले बाल संस्कार केन्द्रका नानीहरूलाई अझै अन्य धेरै सुविधाहरू प्रदान गरिने बताए। यस कार्यक्रम अवधि सिलगढी सांगठनिक जिल्ला भाजपा अध्यक्ष प्रवीण अग्रवाल, भाजपा नेता गणेश देवनाथ, नक्सलबारी मण्डल अध्यक्ष दिलीप बारोई, सूर्या फोउन्डेशनका शिक्षक सोविन्दो बर्मन एवम् अन्य अधिकारीहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.