सूर्या फाउण्डेशनद्वारा खरसाङ क्षेत्रमा योगा दिवसको अवसरमा योग अभ्यास गराइने

खरसाङ: कोरोना माहामारीलाई मध्यनजर राख्दै सूर्या फाउण्डेशनद्वारा गत वर्ष झैं यस वर्ष पनि विश्व योगा दिवसको उपलक्ष्यमा 5 जूनदेखि 14 जूनसम्म भारतको 18 वटा राज्यहरूमा लगभग 600 वटा गाउँमा रेजिस्टेसन सम्पन्न भएको छ। यस अन्तर्गत 15 जूनदेखि 21 जूनसम्म रेजिस्टेसन गरिएका प्रत्येक परिवारमा गएर योगाको महत्व बुझाएर योगाभ्यास गराइने बताइएको छ। उल्लेखनीय रहोस योगाद्वारा मानिसको शारीरिक, मानसिक साथै रोग-प्रतिरोधक क्षमताको विकास हुने भएकाले फाउण्डेशनद्वारा उक्त योग अभ्यासलाई 7 दिनसम्म योगा अभियानको रूपमा  लिएको छ। खरसाङ क्षेत्रका प्रमुख सञ्जय लिम्बुको निर्देशनमा खरसाङ महकुमाको सूर्या फाउण्डेशन केन्द्रहरू, युथ क्लब साथै बाल संस्कार केन्द्रहरू लगायत मोठ 13 वटा केन्द्रमा आगामी 21 जूनसम्म  योग अभ्यास  गराइने जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *