सूर्यनगर बलाका क्लबको स्वर्ण जयन्तीको उपलक्ष्यमा शोभायात्रा निकालिइने

सिलगढी : सूर्यनगर बलाका क्लबकको स्वर्ण जयन्तीको उपलक्ष्यमा क्लबका सदस्यहरूले केही कार्यक्रमहरूको आयोजना गरेको छ। सिलगढी नगरनिगमको 23 नम्बर वार्डमा भोलि क्लबको तर्फबाट एउटा विराट शोभायात्राको आयोजना गर्ने भएको छ। उक्त शोभायात्रामा राज्यका पर्यटन मन्त्री गौतम देव, पद्मश्री करिमूल हक विशेष रूपमा उपस्थित रहने भएका छन्। यसको साथै नयाँ वर्षको उपलक्ष्यमा राज्यव्यापी एउटा भलिबल प्रतियोगिताको पनि आयोजना गरिने क्लबका सदस्यहरूले जानकारी दिएका छन्। कोभिड परिस्थितिमा आफ्नो ज्यान जोखिममा पारेर सेवा पुर्‍याउने मानिसहरूलाई सम्मान जनाइने साथै अन्य विविध कार्यक्रमहरू रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *