सूर्यनगर समाज कल्याण समितिद्वारा सिलगढी टाइम्स सम्मानित

सिलगढी सूर्यनगर समाज कल्याण समितिले 22 वर्ष पुरा गरेको उपलक्ष्यमा आज सिलगढीको मैनाक टुरिस्ट लजमा एउटा सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो। राज्यका पर्यटन मन्त्री गौतम देवले दीप प्रज्ज्वलन गरेर उक्त सांस्कृतिक कार्यक्रमको उद्घाटन गरे। यस अवसरमा समितिको तर्फबाट कोरोना संक्रमण कालमा आवश्यकमन्द मानिसहरूलाई जरूरी सेवा पुर्‍याउने तथा फ्रन्ट लाइनका वर्करहरू 63 जनालाई सम्मान जनाइयो। यसको साथै  कोरोना कालमा सहरका मानिसहरूलाई जागरूकत गराउने तथा साधारण मानिसहरूको हितमा समाचार प्रकाशित गर्ने सिलगढी टाइम्स-लाई पनि सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *