सूर्यसेन महाविद्यालयमा कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको सहयोगमा आज सूर्यसेन महाविद्यालयमा कोरोना टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले रिबन काटेर उक्त शिविरको उद्घाटन गरे। तीन दिनसम्म चल्ने उक्त शिविरमा 9 सयजना विद्यार्थी, शिक्षक-शिक्षिका तथा शिक्षा कर्मीहरूलाई कोरोनाको प्रथम डोज लगाइने बताइएको छ। यस अवसरमा गौतम देवले भने, कोरोनाको खोप लगाउनमा युवती तथा छात्राहरू धेरै पछि रहेको छ। उक्त शिविरमा आज 80 प्रतिशत छात्राहरूले कोरोनाको खोप लगाएको जानकारी गराउँदै सबै विद्यार्थीहरूलाई कोरोनाको खोप लगाउन अति नै आवश्यक रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *