सुश्री शान्ति ठटाललाई जगदम्बा श्री पुरस्कारद्वारा सम्मानित गरिने

नेपाली सिनेमा जगतका पहिलो महिला सङ्गीतकार तथा चर्चित गायिका सुश्री शान्ति ठटाललाई प्रतिष्ठित जगदम्बा श्री पुरस्कारले सम्मानित गरिने भएको छ। आगामी 13 फरवरी सिलगढीको देवकोटा संघ भवनमा सम्पन्न हुने एउटा कार्यक्रमबीच उक्त प्रतिष्ठित पुरस्कार सुश्री ठटाललाई प्रदान गरिने भएको छ। नेपाली सङ्गीत जगतमा विगत 6 दशक अघिदेखि पुर्‍याइरहेको ठुलो योगदानको कदर गर्दै तिनलाई नेपालकै चर्चित मदन पुरस्कार गुठी, ललितपुर नेपालले उक्त सम्मान प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ। सुश्री ठटालले यसभन्दा अघि नेपालबाट प्रदान गरिने स्वर सम्राट नारायण गोपाल पुरस्कार समेत हत्याइसकेकी छन्। यसबाहेक सिक्किम राज्य सरकारद्वारा सङ्गीतको निम्ति 2002-मा मास्टर मित्रसेन स्मृति पुरस्कारले पनि तिनी सम्मानित भइसकेकी छन्। पिता मनु सिंह ठटाल अनि माता चन्द्रमाया ठटालका सुपुत्री सुश्री शान्ति ठटालको जन्म दार्जिलिङमा भएको थियो भने तिनले सङ्गीतको शिक्षा शिव प्रसाद सिंह अनि भानु घोषबाट प्रारम्भमा लिएकी थिइन्। यसको साथै तिनले कोलकाताको रवीन्द्र भारती विश्वविद्यालयबाट सङ्गीतमा स्नातक गरेकी थिइन्। तिनले सिक्किममा राज्य सरकारको अधीनस्थ रहेको सांस्कृतिक विभागमा डाइरेक्टरको पदमा पनि धेरै वर्षसम्म कार्य गरिन्। स्मरण रहोस्, नेपाली सङ्गीत जगतका चर्चित महिला सङ्गीतकार तथा गायिका सुश्री शान्ति ठटालको सम्हालेर राख जस्ता कालजयी गीत लगायत 2 सयभन्दा अधिक गीतहरूमा सङ्गीत दिइसकेका छन् भने धेरैवटा नेपाली सिनेमाहरूमा पनि गीतहरू गाइसकेकी छन्। तिनले चर्चित नेपाली सिनेमा परालको आगो (1978), बाँच्न चाहनेहरू (1982) आदिमा समेत सङ्गीत दिइसकेकी छन्। यसैगरी, तिनका चर्चित नेपाली गीतहरू मायालुले सम्झे कि कसो, उडी जाऊँ भने म पक्षी होइन, धेरै चुलबुल नगर कान्छी, चौबन्दीको तुनामा आदि खुबै लोकप्रिय छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *