स्वच्छ भारत अभियान अन्तर्गत सोनादामा सर-सफाई कार्यक्रम

सोनादा : नेशनल सर्भिस स्किमको तत्वावधानमा सलेसियन कलेजका एनएसएस युनिटका छात्र सदस्यरहरुको सहभागितामा स्वच्छ भारत अभियान अन्तर्गत सोनादा रेलवे स्टेशनमा एउटा कार्यकम सम्पन्न गरियो। कार्यक्रमको सञ्चालन सलेसियन रेडियोका आरजे मोजेस तामाङले गरेका थिए। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा एनएसएस-का कोलकत्ता क्षेत्रीय निर्देशक विनयकुमार अनि सलेसियन कलेजका भाइस प्रिन्सिपल ब्रदर जोसको उपस्थित रहेका थिए। कार्यक्रममा अतिथिहरुलाई खदा लगाएर स्वागत जनाइएको थियो भने प्रमुख अतिथिबाट जोसपूर्ण भाषण दिँदै सबैलाई ऊर्जा दिने कार्य गरिएको थियो।


सफाई कार्यक्रममा प्रमुख अतिथिबाट डस्बिन अनि झाडु प्रदान गरेर थालनी गरिएको थियो। एनएसएस-का जिल्ला नोडल अधिकारी समीप सिञ्चुरी साथै एनएसएस सक्रिय सदस्य प्रयास राईको निर्देशनमा भएको सफाई अभियान कार्यक्रम सोनादा रेलवे स्टेशनदेखि डीबी रोड, मुण्डा रोड हुँदै ग्यारेज लाइनमा पुगेर समापन भएको थियो। सफाई कार्यक्रमको विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै एनएसएस-का जिल्ला नोडल अधिकारी समीप सिञ्चुरीले उक्त कार्यक्रम 1 अक्टोबरदेखि शुरू भएको अनि आगामी 30 अक्टोबरसम्म सम्पूर्ण दार्जिलिङ पहाड़भरि नै दैनिक रुपमा भइरहेको जानकारी गराए। सो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य जन साधारणमा सफाई विषयलाई लिएर जागरूकता फैलाउन रहेको साथै प्रत्येक जन-साधारणले आ-आफ्नो तर्फबाट आफ्नो क्षेत्रहरु स्वच्छ राखिदिने साथै स्वच्छ पहाड़ बनाउने दिशामा सम्पूर्ण जनताले सहयोग पुऱ्याइदिने अपिल तिनले पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *