स्वच्छता पखवाड़ा अन्तर्गत सिलगढीको महानन्दा नदीको सफाई अभियान

सिलगढी : सिलगढी सहरको नदीहरूलाई प्लास्टिकमुक्त तथा फोहोर-मैला मुक्त गर्ने उद्देश्य लिएर आज सेन्ट्रल गुड्स सर्भिस ट्याक्स एन्ड सेन्ट्रल एक्साइज कमिश्नरेटको तर्फबाट लायन्स क्लब अफ् सिलगढी तराई ऊर्जाको सहयोगितामा स्वच्छता पखवाड़ा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रम अन्तर्गत महानन्दा नदीको तटमा सफाई अभियान चलाउनको साथै महानन्दा नदी तटमा 10 वटा डस्बिन राखियो। यसको साथै सफाई कर्मचारीहरूलाई 20 वटा छाता, टी-सट लगायत सुरक्षा सामग्री वितरण गरियो।


स सम्बन्धमा लायन्स क्लब अफ सिलगढी तराई ऊर्जाका उपाध्यक्ष आयुस अग्रवालले केवल आफ्नो घरको साफ-सफाई मात्र नगरेर घरको छेउछाउका इलाकाहरू पनि सफा राख्नु पर्दछ भनी बताए। सिलगढी सहरवासीलाई स्वच्छताको सन्देश दिनको लागि आज उक्त कार्यक्रमको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *