सावधान! कसैलाई  नदिनोस्  सुन-चाँदीका गर-गहनाहरू सफा गर्न

सिलगढी (निसं): यदि तपाईंले आफ्नो बहुमूल्य सुन-चाँदीका गर-गहनाहरू सफा गर्नको लागि सोच्नु भएको छ ? सावधान, भूलेर पनि यस्तो काम कहिल्यै नगर्नु होस्। किनभने तपाईं ठगको सिकार बन्न सक्नु हुनेछ। सिलगढी सहरमा सस्तो दाममा नै सुन-चाँदीका गर-गहनाहरूको सफाई गरिदिने वहनामा ठगीको गोरखधन्धा हाल निक्कै फैलिएको छ। घरमा आएर बहुमूल्य गर-गहनाहरू टल्काइदिने वहानामा ती गहनाहरूको चोरी गरेका घटनाहरू प्रकाशमा आइरहेको छ। यस्तै घटनाक्रम अनुसार, सिलगढीको आश्रमपाड़ास्थित लाला लाजपत राय रोडमा आज यस्तै घटनामा एउटा दम्पति ठगको सिकार बन्न पुगेको छ। सुनका गर-गहनाहरू सफा गर्ने बहनामा ठगहरूले शिप्रा मजूमदार र अशोक मजूमदारको सुनका बाई र औठी लिएर चम्पट कसेका छन्। अर्कोतिर, घटनाको खबर पाएर सिलगढीको पानीट्याङ्की आउट पुलिस घटनास्थलमा पुगेको थियो। इलाकामा लगाइएको सीसीटीभी फुटेज मार्फत पुलिसले घटनाको जाँच सुरू गरेको छ। स्मरण रहोस, गत केही दिन अघि पनि सिलगढीको डाबग्राम नजिक यस्तै घटना घटेको थियो।  सफा गरिदिने वहाना गरेर एकजना गृहिणीको सुनका गर-गहनाहरू लिएर चम्पट कसेको थियो।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *