स्वाधीनता दिवस कार्यक्रमबारे खरसाङमा सभा सम्पन्न

खरसाङ (निसं): खरसाङ नगरपालिकाको आयोजनामा यहाँको प्रेक्षा गृहमा खरसाङ बजार क्षेत्रका विभिन्न विद्यालयका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न गरियो। उक्त सभामा खरसाङ नगरपालिका र जीटीए-को संयुक्त आयोजनामा आगामी 15 अगस्तको दिन भव्य रुपमा स्वाधीनता दिवस पालन गर्ने विषयमा चर्चा-परिचर्चा गरियो। कोरोना महामारीले गर्दा विगत दुई वर्ष भव्य रूपमा स्वाधीनता दिवस पालन गर्न नसकेको कारणले गर्दा यसपाली खरसाङ नगरपालिकाको पहलमा तथा जीटीएको सहयोगमा खरसाङको मन्टिभियट खेल मैदानमा भव्य रूपमा स्वाधीनता दिवस पालन गर्ने निर्णय लिएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य समीरदीप ब्लोन, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय अध्यक्षा करूणा गुरुङ, खरसाङ टाउन कमिटीका पदाधिकारीहरू लगायत विभिन्न विद्यालयहरूका प्रधान अध्यापक तथा स्कुलका प्रतिनिधिहरू उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *