स्वाधीनता दिवसको उपलक्ष्यमा हेल्प डेस्क दार्जिलिङ एनफिल्डर्स-द्वारा माक्स वितरण

बिजनबारी : 74औँ स्वतन्त्रता दिवसको सुअवसरमा आज दार्जिलिङको एउटा चर्चित हेल्प डेस्क दार्जिलिङ एनफिल्डर्स-का मोठ 18 वटा एनफिल्ड मोटर साइकलमा मोठ 22 जना सदस्यहरू बर्खा झरीको वास्ता नगरी पुलबजार पुगेर त्यहाँका मानिसहरूलाई माक्स वितरण गरे।


दलका नायक तथा संस्थाका सभापति पी भुटियाले बताएअनुसार दार्जिलिङ एनफिल्डर्सका सदस्यहरूले प्रत्येक वर्ष नै स्वतन्त्र दिवसको शुभकामना दिँदै पहाड़भरि कुनै न कुनै जागरूकता अभियान लिएर भ्रमण गर्ने गरेको छ भने यस वर्ष कोरोना महामारीलाई केन्द्र गरेर माक्स वितरण गरेको बताए। मोठ 4  हजार माक्स पुलबजार, बिजनबारी, रेलिङ, कैंजले, मझुवामानेभञ्ज्याङ अनि सुकिया हुँदै दार्जिलिङसम्म वितरण गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *