स्वाधीनताको 75औँ वर्ष पुरा भएको उपलक्ष्यमा नक्सलबारीमा रक्तदान शिविरको आयोजना

नक्सलबारी : भारत स्वतन्त्र भएको 75औँ वर्ष पुरा गरेको अवसरमा आज  नक्सलबारी वी केयर फाउन्डेसन तथा बाबुपाडा स्पोर्टिङ क्लबको संयुक्त पहलमा रक्तदान शिविरको आयोजना गरियो। उत्तरबंग मेडिकल कलेजको ब्लड ब्याङ्कको सहयोगितामा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। फाउन्डेसनका सचिव मोहम्मद जाकिरले बताएअनुसार स्वाधीनताको 75औँ वर्ष पुरा भएको उपलक्ष्यमा उक्त शिविरको आयोजना गरिएको हो। भोलि 15 अगस्तको दिन भारतको झण्डा उत्तोलन गर्नको साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *