स्वामी अभेदानन्द टेबिल टेनिस प्रशिक्षण केन्द्रको उद्घाटन

सिलगढी : रामकृष्ण अनवर जुनियर बेसिक स्कुलको सञ्चालनमा र रामकृष्ण वेदान्त आश्रमको सहयोगमा स्वामी अभेदानन्द टेबल टेनिस प्रशिक्षण केन्द्रको उद्घाटन गरियो। यसको साथै एक दिवसीय नक आउट अन्तर प्राथमिक विद्यालय फुटबल टुर्नामेन्टको पनि आयोजना गरियो। स्वामी अभेदानन्द टेबल टेनिस प्रशिक्षण केन्द्रको रामकृष्ण वेदान्त आश्रमका स्वामी बुधात्मानन्द महाराज, स्वामी राघवानन्द र पूर्व राष्ट्रिय च्याम्पियन मान्तु घोषले संयुक्त रूपमा उद्घाटन गरे। यस अवधि सिलगढी प्राथमिक विद्यालय सांसद अध्यक्ष डाक्टर सुप्रकाश राय, डीआई बालिका गोले, अबर विद्यालय परिदर्शक शान्तनु सरकार लगायत अन्य व्यक्तिहरू उपस्थित थिए। उक्त केन्द्रमा नानीहरूलाई निःशुल्क टेबल टेनिस प्रशिक्षण दिइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *