स्वामी विवेकानन्दको जन्मजयन्तीको अवसरमा विवेक चेतना उत्सवको आयोजना

नक्सलबारी : पश्चिम बंगाल सरकारको युवा कल्याण औ क्रीडा विभागको सहयोगितामा नक्सलबारी समष्टि विकास अधिकारी कार्यालयको पहलमा स्वामी विवेकानन्दको 159औँ जन्मजयन्तीको उपलक्ष्यमा विवेक चेतना उत्सवको आयोजना गरियो। उक्त कार्यक्रमको शुरूआतमा स्वामीजीको प्रतिकृतिमा फुलमाला लगाइदिएर पुष्प अर्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यसको साथै विद्यार्थी तथा समाजसेवीहरूलाई लिएर एउटा क्विज प्रतियोगिताको पनि आयोजना गरियो। यस अवसरमा नक्सलबारी समष्टि विकास अधिकारी अरिन्दम मण्डल लगायत अन्य अधिकारीहरू एवम् विभिन्न स्कुलका विद्यार्थीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *