स्वामी विवेकानन्द जयन्तीमा बाइक र्‍याली

सिलगढी : स्वामी विवेकानन्दको 157औँ जयन्तीको अवसरमा आज एउटा बाइक र्‍यालीको आयोजना गरियो। दार्जिलिङ जिल्ला युवा तृणमूल कांग्रेसको तर्फबाट प्रत्येक वर्ष झैँ यस वर्ष पनि बाइक र्‍यालीको आयोजना गरिएको बताइएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले उक्त बाइक र्‍यालीको शुभारम्भ गरे।


उक्त बाइक र्‍याली सिलगढीको बाघाजतीन पार्कबाट शुरू गरेर शहरका विभिन्न मार्गहरूको परिक्रमा गर्यो। यस अवसरमा दार्जिलिङ जिल्लातृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार, युवा तृणमूलका अध्यक्ष विकास रञ्जन सरकारलगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *