स्वनिर्भर दलको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर

खरसाङ (निसं) : तीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायतको सरस्वती स्वनिर्भर दलको आयोजनामा सिविटार चियाबारीको तेरेस गाउँमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरियो। तेरेस गाउँको निलकण्ड क्लबको सहयोगमा सम्पन्न उक्त नि:शुल्क आँखा जाँच शिविरमा सिविटार चियाबारीको विभिन्न गाउँका लगभग 40 जनाले आफ्नो आँखाको नि:शुल्क जाँच गराए।


उक्त आँखा जाँच शिविरमा आँखा जाँच गर्नलाई कोलकोताबाट डाक्टर आएका थिए। यसावधि दुईजनालाई नि:शुल्क आँखा ओपरेशनको व्यवस्था गरिने सरस्वती स्वनिर्भर दलकी रिना प्रधानले जानकारी गराएकी छन्। उक्त आँखा जाँच शिविरमा आँखा जाँचको अतिरिक्त मधुमेह रोग, रक्तचाप, कलस्टर आदिको पनि जाँच गरिएको तिनले जानकारी गराएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *