स्वनिर्भर समूहका महिलाहरूद्वारा तयार पारिएको समानहरू बिक्री गर्नको लागि स्वयंग सिद्ध विपणन केन्द्रको उद्घाटन

सिलगढी: महिलाहरूलाई स्वनिर्भर बनाउन राज्य सरकारले विविध पहल गरेको छ। विविध योजनाको माध्यमद्वारा महिलाहरूलाई स्वनिर्भर भएर आफूलाई प्रतिष्ठित गर्न महिलाहरू समर्थ भएका छन्। स्वनिर्भर समूहका महिलाहरूद्वारा तयार पारिएको सामग्री सहजै बजारमा बिक्री गर्नको लागि स्वयंग सिद्ध विपणन केन्द्र तयार गरिएको छ। सिलगढी नगरनिगम नजिक पान्थ निवासमा सिलगढी नगरनिगमको पहलमा राज्य नगर जीविका मिसनको स्वयंग सिद्ध विपणन केन्द्रको प्रशासक गौतम देव तथा प्रशासक मण्डलीका सदस्य रञ्जन सरकारले उद्घाटन गरे। उक्त विपणन केन्द्रबाट स्वनिर्भर समूहका महिलाहरूले आफूहरूद्वारा तयार पारेका सर-समानहरू बिक्री गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *