स्वनिर्भर समूहको सहयोगमा लालमानलाई नयाँ घर हस्तान्तरण

बिजनबारी: मानव सेवा नै माधव सेवा हो भन्ने मन्त्रलाई आत्मसात गर्दै नवदीप स्वनिर्भर संघ कान्केबुङले समूहको पहलमा निर्माण स्थानीय लालमान सुब्बालाई नवनिर्मित घर हस्तान्तरण गर्यो। झेपी ग्राम पञ्चायत अन्तर्गत कन्केबुङ निवासी लिम्बुको घर नवदीप स्वनिर्भर समूहको सदस्यहरूकै उपस्तिथिमा आज दिपावलीको उपलक्ष्यमा स्थानीय लालमान सुब्बालाई हस्तान्तरण गरियो।


आर्थिक अवस्था कमजोर रहेकोले घरविहीन छोरी-ज्वाईँको घरमा बस्दै आएका  लिम्बुलाई कन्केबुङ नवदीप स्वनिर्भर समूहको सम्पूर्ण सदस्यहरूको सहयोगमा घर बनाइ दिएर हस्तान्तरण गरिएको हो। लालमान लिम्बुले सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *