स्वर्गीय कृष्ण चन्द्र पालको घरमा चोरी, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढी नगरनिगमको 23 नम्बर वार्डका पूर्व पार्षद स्वर्गीय कृष्ण चन्द्र पालको डाबग्राम स्थित घरबाट लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी भएको छ। उक्त घटनामा पुलिसले 2 जना नोकर्नी र वाहन चालकलाई हिरासतमा लिएर सोधखोज गरिरहेको छ। प्राप्त जानकारी अनुसार स्वर्गीय कृष्ण चन्द्र पालको स्वास्नी रूपा देवी र तिनका परिवार गत केही दिनदेखि छोराको विवाहमा व्यस्त रहेको समय घरमा चोरी भएको बताइएको छ। तथापि, गत 4 दिसम्बरमा घरबाट सुनको बहुमूल्य गर-गहना चोरी भएको तिनीहरूले थाहा पाएपछि घटनाबारे थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *