स्वर्गीय सिंघा सिंह तामाङलाई श्रद्धाञ्जलि अर्पण

सुकेपोखरी : गोजमुमो केन्द्रीय समिति अध्यक्ष विनय तामाङको पिता स्वर्गीय सिंघा सिंह तामाङको आत्मा शान्तिको कामना गर्दै मोर्चा नागरी धजे समष्टिको पार्टी कार्यालयमा 108 छिमी बत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा नारी मोर्चा सभानेत्री श्रीमती मेनुका प्रधान, केन्द्रीय समिति सदस्य सीडी बान्तावा, विध्यार्थी मोर्चा केन्द्रीय सदस्य जशयन्त गिरी, महकुमा समिति सदस्य अश्विन स्याङदेन, योगेन प्रधान लगायत पार्टीका सम्पूर्ण भातृ संगठनका पदाधिकारीगण, समष्टि समिति, बुथ लेबल कमिटीका पदाधिकारीगण उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *