स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 -को ग्राण्ड फिनाले भोलि

खरसाङ: खरसाङको तीनधारे-महानदी स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 -को ग्राण्ड फिनाले भोलि 6 मार्चको दिन तीनधारेमा हुने भएको छ। स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2-का पदाधिकारीहरू आज तीनधारेको चिल्ड्रेन पार्कमा उपस्थित भएर अन्तिम तयारी गरे। भोलि हुने ग्राण्ड फिनालेको लागि स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को मुख्य संयोजक राजीव थापा, सभापति सुकुमार बराईली, सचिव युवराज सुन्दास, कोषाध्यक्ष सीबी राई, सञ्जीव मगर, कुसाङ लामा आदि उपस्थित भएर अन्तिम तयारीको निरीक्षण गरेका थिए। उक्त निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै सभापति सुकुमार बराइली र सचिव युवराज सुन्दासले स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को ग्राण्ड फिनाले 6 मार्च शनिबारको दिन तीनधारेको चिल्ड्रेन पार्कमा दिउँसो 1 बजेदेखि हुने भएको बताए। सचिव युवराज सुन्दासले पत्रकारहरूसित कुराकानी गर्दै भोलि हुने तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को ग्राण्ड फिनालेमा मुख्य अतिथिको रूपमा जीटीए चेयरम्यान अनित थापा उपस्थित रहने तथा दार्जिलिङका वरिष्ठ संगीतकार चन्दन लम्जेल, डेजी बराईली, विवेचना लम्जेल, मिरिकबाट गायिका भावना थापा र सङ्गीतकार कैलाश राई पनि उपस्थित रहने जानकारी गराए। तिनले स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को ग्राण्ड फिनालेमा विजेतालाई नगद राशि 75 हजार, उप विजेतालाई 50 हजार र तेस्रो हुनेलाई 20 हजार रुपियाँ प्रदान गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *