स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको अडिशन

खरसाङ: खरसाङको तीनधारे- महानदी समष्टी स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिता दोस्रो सिजनको अडिसन राउण्ड आज समाप्त भयो। यस प्रतियोगिताको अन्तिम अडिशन तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भयो जसमा जम्मा 29 जनाले सहभागिता जनाएका थिए भने तिनीहरूमध्ये 25 जना दोस्रो चरणमा प्रवेश गरेको छ। आजको अडिशनमा निर्णायकको रुपमा वरिष्ठ संगीताकारद्वय राजु सुन्दास र महेश्वर लामा उपस्थित थिए। स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को अडिशन गत 19 फरवरीदेखि सिमरिङबाट शुरु भएको थियो । पहिलो दिन 10 जना, दोस्रो दिन महानदीमा भएको अडिशनमा 5 जना अनि आज 25 जना गरेर जम्मा 40 जना प्रतियोगीहरू स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को दोस्रो राउण्डमा प्रवेश गरेका छन्। अब दोस्रो राउण्डको कार्यक्रम आगामी 26 फरवरीको दिन तीनधारेको महात्मा गाँधी हलमा हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *