स्वर्ण कप फुटबल टुर्नामेन्टको लागि मैदानको तयारी शुरू

खरसाङ : खरसाङमा आगामी 9 अप्रेलदेखि सम्पन्न हुने पहाड़कै प्रतिष्ठित शहीद स्वर्ण कप फुटबल टुर्नामेन्टको लागि आजदेखि खेल मैदानमा नै तयारी शुरु गरिएको छ। उक्त फुटबल टुर्नामेन्टको आयोजक समिति खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको प्रतिनिधिहरूले आयोजक स्थल खरसाङको चाँदमारी खेल मैदानमा गएर मैदानको सर सफाई साथै खेल मैदानलाई फुटबल आयोजनाको लागि तयारी थालेका छन्। खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको तक्निकी प्रमुख आरपी सार्कीको अगुवाईमा मैदानको तयारी थालियो। यस कार्यमा संघको अध्यक्ष मोहन योञ्जन, उपाध्यक्ष फुर्बा घिसिङ, सचिव निर्मल गुरुङ, कार्यकारी सदस्यहरू मोहन राई, अशोक लामाशरण माझी आदि उपस्थित थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै संघको उपाध्यक्ष फुर्बा घिसिङले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *