स्वास्नीको हत्या गरेको आरोपमा लोग्ने धिराज राई पक्राउ

सिलगढी, 7 जनवरी (निसं): सिलगढीको प्रधान नगर थाना पुलिसले आफ्नै स्वास्नीको हत्या गरेको आरोपमा लोग्नेलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी लोग्नेको नाम धिरज राई हो। तिनी सिक्किम निवासी हुन्, तर हाल कामले गर्दा उनी सिलगढीमा बस्दै आइरहेका छन्।
प्राप्त जानकारी अनुसार, गत 3 जनवरी सिलगढी नगर निगमको 46 नम्बर वार्डको पवित्र नगर इलाकाबाट दीपा शर्मा राई नामक एकजना महिलाको घरबाट झुन्डिएको अवस्थामा शव उद्धार गरिएको थियो। उक्त महिलाको शव पुलिसले पोस्टमार्टमको लागि उत्तर बंग मेडिकल कलेजमा पठाइदिएको थियो। यसपछि मृतक महिलाको दिदी दुर्गा शर्माले घटनाको एक दिन पछि प्रधान नगर थानामा बहिनी दीपाले आत्महत्या नगरेर तिनको हत्या गरेको आरोप लगाउँदै मामिला दर्ता गरेकी थिइन्। बहिनीलाई तिनकै लोग्ने धिरजले हत्या गरेको दुर्गा शर्माले आरोप लगाएकी थिइन्। उनले बताए अनुसार, बहिनीको विवाह 6 साल पहिला धिरजसित भएको थियो। तिनीहरूका एकजना चार वर्षको छोरा पनि छ। विवाह पछि धिरजले सधैँजसो मातेर आएपछि बहिनी दीपालाई मानसिक साथै शारीरिक अत्याचार गर्थे। हत्या गरेको राति पनि धिरजले दीपालाई कुटपिट गरेका थिए। यसपछि दीपाको हत्या गरेर गलामा पासो लगाइदिएर झुन्डाइ दिएर तिनले आत्महत्या गरेको झै देखाउने प्रयास गरेको आरोप लगाएका छन्। अर्कोतिर, लिखित लिखित अभियोगको आधारमा पुलिसले आरोपी लोग्ने धिरजलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisesbetgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciojojobetgrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes