स्वास्नीको हत्या गरेको बीएसएफ-को जवानविरुद्ध आरोप

जलपाईगढी : जलपाईगढीको रानीनगरमा दुधमा नशालु पदार्थ मिसाएर स्वास्नीको हत्या गरेर झुन्डियाइदिएको स्वामीविरुद्ध अभियोग उठेको छ। मृतक महिला 30 वर्षीय रीता यादव हुन्। आरोपी स्वामी जलपाईगढी रानीनगरको बीएसएफमा कार्यरत छन्। प्राप्त जानकारीअनुसार 9 वर्षअघि उत्तरप्रदेश निवासी सञ्जय कुमारसित रीता यादवको बिहे भएको थियो भने तिनीहरूको 7 महिनाको एउटा कन्या सन्तान छ। मृतकका परिवारका सदस्यहरूको आरोप अनुसार केही वर्ष अघि सञ्जय कुमारको तिनकी भाउजुसित अवैध सम्बन्ध रहेको थियो भने तिनकी स्वास्नी रीताले यसबारे थाहा पाएपछि दुई लोग्ने-स्वास्नीमाझ झगडा भएको थियो। यसपछि गत 1 वर्षदेखि रीता आफ्नो माइतामै बस्दै आइरहेकी थिइन्। गत 25 फरवरीमा तिनको भाइले रीतालाई जलपाईगढी रानीनगरमा लोग्नेकहाँ छोडिदिएका थिए। मृतकका परिवारका सदस्यहरूको आरोप अनुसार रीतालाई हिजो लोग्ने सञ्जयले दुधसित नशालु ट्याबलेट मिसाएर खुवाएपछि तिनको घाँटी निमाटेर हत्या गरेपछि पङ्खामा झुन्डियाइदिएको थियो। आज शवको पोस्टमार्टम गरेपछि परिवारका सदस्यलाई सुम्पिदिएको छ। बीएसएफ सूत्रले दिएको जानकारीअनुसार आरोपी सञ्जय कुमार बीएसएफ-को 190 नम्बर बटालियनको कन्सटेबल पदमा कार्यरत छन् भने बीएसएफले तिनलाई हिरासतमा लिएको छ। जलपाईगढी कोतवाली थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *